राधी विद्युत कम्पनीले नियमन आयोगबाट पायो हकप्रद निष्काशनको लागि स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 08:11:02 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी Radhi Bidyut Company लाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ । आयोगले आयोगले तोकेका शर्त पालना हुने गरि हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो 

आयोगले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो । अब नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ

कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको हो ।  कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।   कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved