यस्ता छन् नेपाल टेलिकमको नाफा घट्नुका ६ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2022 | 10:30:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको आ.व.२०७८÷७९ को तृतीय त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आ.व. को तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्मको खुद मुनाफा रु ५ अर्व ८८ करोड ४४ लाख ७२ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ चैत्र मसान्त) मा रु. ४४ करोड ९१ लाख २५ हजारले कमी भई रु ५ अर्व ४३ करोड ५३ लाख ४७ हजार रहेको छ । यो ७.६३ प्रतिशतको गिरावट हो  ।

त्यस्तै गत आ.व. को तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु २७ अर्व ४५ करोड १३ लाख ५३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ चैत्र मसान्त) सम्ममा  रु ७६ करोड ८२ लाख ५९ हजार (अर्थात २.८ प्रतिशत) ले वृद्धि भई रु २८ अर्व २१ करोड ९६ लाख १२ हजार रहेको छ ।  

 गत आ.व. को तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्मको कुल आय रु. ३१ अर्व ६७ करोड ३७ लाख ७४ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ चैत्र मसान्त) सम्ममा कुल आय रु.  ८६ करोड २९ लाख ५६ हजार (अर्थात २.७२ प्रतिशत) ले वृद्धि भई रु. ३२ अर्व ५३ करोड ६७ लाख २९ हजार रहेको छ। 

कम्पनीले गत आ.व.को तृतीय त्रैमासिक अवधि सम्मको तुलनामा चालु आ.व.को सोही अवधि सम्मको खुद मुनाफामा कमी आउनुको प्रमुख कारणहरु निम्नानुसार उल्लेख गरेको छ : 

१. कोभिड–१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी ।

२. २०७८ माघ महिनामा कोभिड–१९ को महामारीको तेस्रो लहरले गर्दा कम्पनीको सेवा उपभोगमा कमी आई कार्य सञ्चालन आयमा कमी आएको ।

३. अन्तरआवद्वता शुल्क सम्बन्धी निर्देशिका अनुसार डोमेस्टिक अन्तरआवद्वता शुल्क (ट्यारिफ)  मा कमी भएकोले कार्य सञ्चालन आयमा कमी भएको ।

४. सेवा व्यापकरुपमा विस्तार गरिएकोले मर्मत सम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको । 

५. कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट धेरै कम दरका डाटा प्याकेजहरु शुरु गरिएको हुँदा जीएसएमः सेवा तर्फ डाटाको खपत बढे तापनि राजस्वमा सोही अनुपातमा वृद्धि हुन नसकेको । 

६. कोभिड–१९ को महामारी पश्चात चिपसेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाई र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाई भई अपेक्षित समयमा सेवा विस्तार गर्न नसकिएको । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved