राधी विद्युत कम्पनीले माग्यो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 09:38:49 PM मा प्रकाशित

laxmi  sunrise bank

राधी विद्युत कम्पनी Radhi Bidyut Company ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बैशाख २८ गते बोर्डमा आवेदन दिएको हो 

कम्पनीले हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो ।   कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । 

कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरिसकेको छ। आयोगले आयोगले तोकेका शर्त पालना हुने गरि हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो । 

कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved