नेपाल फाइनान्स लिमिटेड Nepal Finance ले आज जेठ ६ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले कम्पनीले १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशन गरेको हो।
कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४ सय २८ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ दशमलव २७५० कित्ता हकप्रद निष्काशन गरेको हो । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस हकप्रदमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले हकप्रद निष्काशनको लागि बैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बैशाख १९ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत चैत्र ८ मा हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो ।