जनरल इन्स्योरेन्स कम्पनीको साधारणसभा आह्वान, हकप्रद निष्काशन सहितका प्रस्ताव समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 08:00:01 AM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनीले साधारणसभा आह्वान गरेको छ। कम्पनीले जेठ ३१ गते मंगलबार डिल्लीबजार स्थित अमृतभोग पार्टी प्यालेसमा सभा आह्वान गरेको हो ।

कम्पनीको सभामा हकप्रद सहितका विभिन्न प्रस्ताव पेश हुने छ ।   कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले बीमा समितिको स्वीकृति लिई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। सोहि अनुसार कम्पनीले हकप्रद प्रस्तावलाई पनि सभामा पेश गर्ने भएको छ । कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ ।

कम्पनीले सभा प्रयोजनको लागि जेठ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ १८ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

यस्ता छन् सभामा पेश हुने प्रस्ताव: 

(क) सामान्य प्रस्तावहरुः

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत हुने कम्पनीको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/०७८ (NFRS बमोजिमको), २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण र सो सम्बन्धी अनुसुचीहरु माथी छलफल गरि पारित गर्ने ।

३. आ.व.२०७८/०७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

४. संचालक समितिबाट नियुक्त गरिएको संचालकको नाम अनुमोदन गर्ने वारे ।

(ख) विशेष प्रस्तावहरुः

१. बीमा समितिको स्वीकृती लिई चुक्ता पुँजीको ३० प्रतिशत अर्थात १:०३ हकप्रद शेयर जारी गर्ने ।

२. कम्पनीको अधिकृत पूँजी, चुक्ता पुँजी र जारी पुँजी वृद्धि गर्ने सम्वन्धी प्रस्ताव पारित गर्ने ।

३. निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्वन्धी आवश्यक सम्पुर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने ।

४. कम्पनीको अधिकृत पूँजी, चुक्ता पुँजी र जारी पुँजी वृद्धि भए पश्चात कम्पनीको प्रबन्धपत्रमा सोही बमोजिमको संसोधन गर्ने र संसोधन गरिएकोमा नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही निर्देशन बमोजिमको संसोधन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved