हिमालयन बैंकद्वारा बण्ड जारी गर्न नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2022 | 05:40:33 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हिमालयन बैंकले १ हजार अंकित दरको २५ लाख  कित्ताले हुन आउने २ अर्ब ५० करोड रकम बराबरको १०.५० प्रतिशतको बण्ड जारी गर्न नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । ऋणपत्रमा १०.५० प्रतिशतको ब्याजदर रहेको छ । 

उक्त सम्झौता पत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर ज.ब.रा. र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved