हिमालयन रि इन्स्योरेन्सले प्रिमियममा आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2022 | 10:46:57 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपिओ निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको संचालक समितिको बैठकले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने निर्णय गरेको हो ।

संचालक समितिले गरेको प्रिमियममा आईपिओ निष्काशन गर्ने निर्णय अनुमोदन गर्न कम्पनीले विशेष साधारणसभा डाकेको छ। कम्पनीले जेठ २७ गते शुक्रबार काठमाडौँको ठमेल स्थित अलोफ्ट होटेलमा विशेष साधारणसभा आह्वान गरेको हो ।

सभामा २ वटा विशेष प्रस्ताव पेश हुने छ । पहिलो प्रस्ताव सर्बसाधारणको लागि प्रिमियममा आईपिओ निष्काशन गर्ने रहेको छ । त्यस्तै दोस्रो प्रस्तावको रुपमा 'प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने बारे । संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने' रहेको छ  ।

  कम्पनीको चुक्ता पुंजी १० अर्ब रहेको छ   जस मध्ये संस्थापकहरुको ७ अर्ब र सर्वसाधारणको ३ अर्ब रहने छ । अर्थात् कम्पनीले ३ अर्बको आईपिओ निष्काशन गर्ने छ   

यस कम्पनीले केपी ओली सरकारको पालामा लाईसेन्स पाएको हो । हिमालयन रि मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,  महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारकापूर्व अध्यक्ष भवानी राणानेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोरशंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवालकेएल दुगड ग्रुपका विकास दुगडएमभि दुगड ग्रुपका विवेक दुगडलक्की ग्रुपका रोहित गुप्ता लगायतका व्यक्तिहरुको लगानी रहेको छ। कम्पनीको अध्यक्ष शेखर गोल्छा रहेका छन्   

बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीको लागि प्रस्ताव माग गर्दा अन्नपूर्ण रिइन्स्योरेन्सकाठमाडौं रिइन्स्योरेन्सजेन्युन रिइन्स्योरेन्स,  प्रुडेन्सियल रिइन्स्योरेन्सर हिमालयन रिइन्स्योरेन्सले प्रस्ताव पेश गरेका थिए । त्यस मध्ये हिमालयनले लाईसेन्स पाएको हो  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved