मर्जमा जाने चर्चाको कारण मेगा बैंकको शेयर मूल्यमा सर्किट, को हो पार्टनर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2022 | 03:11:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार मेगा बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मेगको शेयर मूल्य १० प्रतिशत अर्थात् २२ रुपैयाँ ५० पैसाले बढेर २४७ रुपैयाँ ५० पैसामा बन्द भएको छ ।

आज मेगाको २ लाख २५ हजार ६ सय २८ कित्ता शेयर खरिद बिक्रिबाट ५ करोड ४२ लाख १४ हजार ४ सय ६२ रुपैयाँको कारोबार भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने चर्चा चलेपछि मेगा बैंकको शेयर मूल्यमा सर्किट लागेको बताईएको छ । स्रोतका अनुसार इन्भेष्टमेन्ट र मेगा बीचको मर्जरको लागि प्रारम्भिक स्वाप पनि तय भईसकेको छ । हिमालयन बैंकसँगको मर्जर टुटेपछि इन्भेष्टमेन्टले मेगासँग मर्जरको लागि प्रक्रिया अगाडी बढाएको स्रोतको दाबी छ। ९० प्रतिशत हाराहारीको स्वापमा प्रक्रिया अगाडी बढेको तर यसमा केहि तलमाथि पनि हुन सक्ने स्रोतको भनाई छ  ।

हाल इन्भेष्टमेन्ट बैंकको भने कारोबार रोक्का छ । बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने निर्णय गरेपछि बैंकको कारोबार रोकिएको थियो । मर्जर भाडिएपछि अझै पनि कारोबार रोक्का छ । यद्यपि नेपाल राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकको आधारभूत शेयरधनीको कारोबार रोक्का राखेर अन्य शेयर फुकुवा गर्न सकिने पत्र पठाएपछि नेप्से र सिडीएसले सोहि अनुसार बैंकको कारोबार खुलाउन तयारी गरिरहेको छ । इन्भेष्टमेन्ट बैंकको अन्तिम कारोबार मूल्य ४०८ रुपैयाँ ४९ पैसा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved