जनता प्रसारण तथा प्रकाशन लिमिटेडले आईपिओ निष्काशन गर्ने, ग्लोबलसँग गर्यो सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2022 | 11:21:53 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता प्रसारण तथा प्रकाशन लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटलसँग सम्झौता गरेको छ 

सम्झौतामा कम्पनीको तर्फबाट कम्पनीक अध्यक्ष डा. विजय कुमार पौडेल र क्यापिटलको तर्फबाट क्यापिटलक  प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले सम्झौता गरेका छन् । सम्झौता अनुसार क्यापिटलले कम्पनीलाई कम्पनीको आईपिओ निष्काशनसम्मको चरणमा पुग्नको लागि आवश्यक पर्ने सम्पूर्ण सेवा प्रदान गर्ने छ । क्यापिटलले प्रदान गरिरहेको संस्थागत परमराश सेवा अन्तर्गतको बिजनेश कम्सेप्ट टु लिस्टिङ सेवा अन्तर्गत कम्पनीले आईपिओ निष्काशन गर्न लागेको हो । 

हाल  जनता प्रसारण तथा प्रकाशन लिमिटेडको अधिकृत पुँजी १ अर्ब रहेको छ भने जारी पुँजी ५० करोड रहेको छ  । कम्पनीले शतप्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गर्दै यहि जेठ २८ गते साधारणसभा आह्वान गरेको छ  । कम्पनीले हकप्रद मार्फत पुँजी बढाएर आईपिओमा जान लागेको हो  । हाल कम्पनीले जनता टेलिभिजन, जनता समाचार अनलाइन न्युज पोर्टल र जनता रेडियो संचालन गरिरहेको छ  ।  निकट भविष्य मै मिडिया सम्बन्धि कलेज र फिल्ड प्रोडक्सनको योजना रहेको कम्पनीले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved