बरुण हाइड्रो र ङादी ग्रुप पावरले मागे हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2022 | 01:14:03 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई वटा हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।  बरुण हाइड्रोपावर कम्पनी र ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्काशनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । 

बरुण हाइड्रोले जेठ ११ मा र ङादी ग्रुप पावरले जेठ ९ मा बोर्डमा आवेदन दिएको हो । बरुण हाइड्रोले हाल कायाम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो ।  त्यस्तै  ङादी ग्रुप पावर लिमिटेडले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । 

 नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि दुवै कम्पनीलाई हकप्रद निष्काशनको लागि बाटो खुल्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved