हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 02:12:49 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले असार २ गते बिहिबार विशेष साधारणसभा आह्वान गरेका हुन् ।

हिमालयनको साधारणसभा एयरपोर्ट स्थित एयरपोर्ट होटेलमा हुने छ भने एभरेष्टको साधारणसभा कमलपोखरी स्थित अग्रवाल भवनमा हुने छ । मर्जर प्रस्ताव पारित गर्न दुवै कम्पनीले विशेष साधारणसभा आह्वान गरेका हुन् । 

दुवै कम्पनीले बैशाख २३ गते एक आपसमा मर्जमा जाने सम्झौतामा हस्ताक्षर गरेका थिए ।  दुवै कम्पनीले एक आपसमा मर्जमा जाने सम्झौता गरेपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का छ। शेयर कारोबार रोक्का हुनु अगाडीसम्म कायम शेयरधनीले साधारणसभामा  भाग लिन सक्ने छन् । 

बीमा समितिले चुक्ता पुँजी वृद्धिको योजना ल्याएपछि २ कम्पनीले मर्जमा जाने सम्झौता गरेका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved