नेपाल कै पहिलो खुलामुखी योजना 'एनआईबिएल सहभागिता फण्ड' को आकार दोब्बर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 08:48:07 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल कै पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना  'एनआईबिएल सहभागिता फण्ड' को आकार वृद्धि भएको छ । योजनाको आकार यस अघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार रू. ५० करोड अर्थात ५ करोड इकाई रहेकोमा २०७९/०२/१७ गतेका दिनदेखी लागु हुने गरि आकार बृद्धि गरि रू. १ अर्ब अर्थात १० करोड इकाई कायम गरिएको हो । 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भए अनुरूप आकार वृद्धि गरिएको योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले जनाएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनईबिएल म्युचुअल फण्ड  अन्तर्गत एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) संचालित छ ।

 योजनाको इकाईहरूको कारोबार योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरू, तोकिएको वितरकका कार्यालयहरू र अनलाईन मार्फत गर्न सकिने साथै योजनासँग सम्बन्धित अन्य विस्तृत जानकारीका लागि सोहि कार्यालयहरूमा सम्पर्क गर्न क्यापिटलले आग्रह गरेको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved