धितोपत्र बोर्डले गर्यो ब्रोकर र मर्चेन्ट बैंकर्सहरुसँग छलफल, के-के भयो कुराकानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 12:12:52 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल धितोपत्र बोर्डले ब्रोकर र मर्चेन्ट बैंकर्सहरुसँग छलफल गरेको छ । बोर्डले बिहिबार साँझ बोर्ड कै कार्यालयमा स्टक ब्रोकर एसोसिएसन र मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरुसँग छलफल गरेको हो ।

बोर्ड अध्यक्ष् रमेश हमलाले छलफलमा बजारको पछिल्लो अवस्था, र बजारमा देखिएका अप्ठेरा तथा समस्याको बारेको जानकारी लिएका हुन् । छलफलमा बोर्ड अध्यक्ष हमालले हाल संचालन भईरहेका सामुहिक लगानी कोष योजनाहरुले के कसरि बजारमा लगानी गरिरहेका छन् भन्ने विषय सोधेका थिए ।

छलफलमा सहभागी एक क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले भने 'बोर्ड अध्यक्षले म्युचुअल फण्डहरु कसरी संचालन भईरहेका छन् , फण्डले पैसा कता कता लगानी गरेका छन् , नियम अनुसार लगानी भएको छ कि छैन, जस्ता विषयमा छलफल गर्नु भएको हो' । उनका अनुसार अध्यक्ष हमालले केहि अप्ठेरो परेको भए त्यसको जानकारी गराउन पनि आग्रह गरेका थिए ।

त्यस्तै अध्यक्ष हमालले भेन्चर क्यापिटल तथा प्राईभेट इक्विटी फण्ड परिचालन गर्न कोष व्यवस्थापकको अनुमतिपत्र दिने विषयमा पनि छलफल गरेका छन्  । बोर्डले यस अघि नै ५ वटालाई एलओआई प्रदान गरिसकेको थियो  । भेन्चर क्यापिटल तथा प्राईभेट इक्विटी फण्ड परिचालन गर्न कोष व्यवस्थापकको अनुमतिपत्रका लागि ९ कम्पनीको निवेदन प्राप्त भएकोमा अध्ययनपछि ५ वटालाई बोर्डले एलओआई दिएको थियो।  बोर्डले यस विषयमा थप छलफल गर्न चाहेको र  मर्चेन्ट बैंकर्सहरुसँग तथा एलओआइ  पाएकाहरुसँग सुझाव पनि मागेको छ । प्राप्त सुझावका आधारमा कानुनी ब्यबस्था गरेर भेन्चर क्यापिटल तथा प्राईभेट इक्विटी फण्ड परिचालन गर्न कोष व्यवस्थापकको अनुमतिपत्र  दिने बोर्डको तयारी छ ।

त्यस्तै छलफलमा अध्यक्ष हमालले बजार घट्नुको बारेमा चासो लिएको बताईएको छ । जवाफमा ब्रोकर र मर्चेन्ट बैंकर्सहरुले राष्ट्र बैंकको नीतिको कारण बजारमा समस्या देखिएको जवाफ दिएका थिए।  उनीहरुले राष्ट्र बैंकको ४/१२ को नीति, तरलताको अभाव, लगायतका कारणले बजारमा गिरावट आएको ब्रिफिङ गरेका थिए ।

बोर्डले भने यो नियमित छलफल भएको प्राप्त सुझावको आधारमा अगाडी बढ्ने बताएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved