प्राइम कमर्शियल बैंकले जेठ ३१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, म्युचुअल फण्डहरुले किनेनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2022 | 12:43:28 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकले जेठ ३१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले  १,००० अंकित दरको ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जस मध्ये ३० लाख कित्ता निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र २० लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ। सर्बसाधारणलाई निष्काशन गरिने कित्ता मध्ये ५ प्रतिशत सामुहिक लगानी कोषहरुको लागि छुट्याउने गरिएकोमा  यस ऋणपत्रमा सामुहिक लगानी  कोषहरुले भने आवेदन दिएका छैनन्। 

यस ऋणपत्रमा छिटोमा असार ३ गतेसम्म र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा असार १४ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्यूनतम २५ कित्ता र अधिकतम १०  लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ  । ५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.१५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।  ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

नेपाल धितोपत्र बोर्डले बैंकलाई जेठ १८ गते ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved