पूँजीबजार लगानीकर्ता संघले प्रमलाई बुझायो ज्ञापनपत्र, लगत्तै गभर्नरलाई देउवाको फोन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2022 | 01:18:13 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारीहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई ४  बुँदे ज्ञापनपत्र बुझाएका छन् । संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वको गएको टोलीले प्रधानमन्त्री देउवालाई ४ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा शेयर धितो कर्जामा लगाईएको ४/१२ को नीति खारेज गरिनु पर्ने, सिडी रेसियोलाई खारेज गरेर पुन सिसिडि मै फर्कनु पर्ने, जोखिम भार १५० प्रतिशत कायम गरिएकोमा पुरानै ब्यबस्था कायम गरिनु पर्ने, र बैंकलाई ब्रोकर लाईसेन्स दिनु पर्ने विषय उल्लेख छ ।

अध्यक्ष पोखरेलका अनुसार आज भएको भेटमा प्रधानमन्त्रीसँग शेयरबजारको पछिल्लो अबस्था , सेयर बजारमा परेको दबाब, ४ करोड र १२ करोडको क्याप , सिडी र सिसिडि लगायतको बारेमा अबगत गराईएको छ।

भेट कै क्रममा प्रधानमन्त्री देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पूँजी बजारको  समस्या शिघ्र समाधान  गर्न निर्देशन दिएको अध्यक्ष राधा पोखरेलले बताएकी छिन् । उनका अनुसार   लगानीकर्ताको अबस्था गम्भिर भैसकेकोले यस विषयमा फलो गर्नको लागि संघको टोली सोमबार राष्ट्र बैंक जाने छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved