नेप्सेका कामु उप प्रबन्धक निरन्जन फुयाँल बढुवाको लागि सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 09:04:47 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेका कायम मुकायम प्रबन्धक निरन्जन फुयाँल बढुवाको लागि सिफारिस भएका छन् । नेप्सेको पदपूर्ति समितिले उच्चतम अंकको आधारमा उनलाई तह १० को प्रबन्धक पदमा बढुवाको लागि संचालक समितिमा सिफारिस गरेको हो । 

हाल उनी उप प्रबन्धक हुन् । उप प्रबन्धक पद तह ९ को पद हो।  तह १० मा कोहि पनि कर्मचारी नभएकोले नेप्सेले उनलाई नै कायम मुकायम प्रबन्धकको जिम्मेवारी दिएको थियो ।  कार्य सम्पादन मुल्यांकनको आधारमा उनी बढुवाको लागि सिफारिस भएका हुन् । 

त्यस्तै सहायक प्रबन्धकमा सुरेश जोशी बढुवाको लागि सिफारिस भएका छन् । 

नेप्सेले गत फागुन ११ गते बढुवाको लागि आवेदन दिन सूचना आह्वान गरेको थियो । नेप्सेले यी २ बाहेक थप ६ कर्मचारीको पनि बढुवा गर्ने छ ।   नेप्सेले अब १ जनालाई नायव कार्यकारी अधिकृतमा (तह ११), १ जनालाई उप प्रबन्धकमा (तह ९), १ जनालाई सहायक प्रबन्धकमा (तह ८) र ३ जनालाई बरिष्ठ अधिकृत (तह ७)मा बढुवा गर्ने छ । तह ११ भनेको नेप्सेमा सीइओ पछिको ठूलो पद हो । यो पदलाई डेपुटी सीइओको रुपमा पनि लिने गरिएको छ  हाल यो पद रिक्त छ 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved