यूनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, मर्जरको निर्णय गर्ने अख्तियारी संचालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2022 | 09:22:49 AM मा प्रकाशित

laxmi  sunrise bank

यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) को २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सोमबार  अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सभा गरेको हो । 

सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७।७८ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ। त्यस्तै सभाले आर्थिक वर्ष २०७८।७९ का लागी बाह्य लेखापरीक्षक श्री एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ।

सभाले कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) तर्फबाट प्रतिनिधित्व गर्ने  ४ (चार) जना संचालकहरुको र सर्वसाधारण शेयरधनी समुह (ख) तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको निर्वाचन मार्फत चयन गरेको छ। कम्पनीको चुक्ता पूँजी रु २ अर्ब ५० करोड पु¥याउन यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने ÷ गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि सभाले गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved