'सेबोनबाट बजार घटाउन सुरु भयो, राष्ट्र बैंकले बजार घटाउने पोलेसी मात्र ल्यायो' (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2022 | 01:58:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले धितोपत्र बोर्डबाट शेयर बजार घटाउन सुरु भएको र अहिले राष्ट्र बैंकले बजार घटाउने पोलेसी मात्र ल्याउने गरेको बताएकी छिन्  । अध्यक्ष पोखरेलले नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई कारबाही गरेसँगै घट्न शुरु भएको शेयर बजारले अझै निरन्तरता पाएको बताईन् ।

उनले बजार ओरालो लाग्नुको मुख्य कारण नै राष्ट्र बैंकको शेयर धितो कर्जामा ४÷१२ करोडको सीमा नै पहिलो भएको दाबी गरिन्। उनले भनिन्,‘ पछिल्लो ८ महिनादेखि शेयर बजार निरन्तर रुपमा ओरालो यात्रामै छ । धितोपत्र बोर्डले ५१ कम्पनीलाई कारबाही गरेर शेयर बजार घट्न शुरु भएको हो । तर पछिल्लो अवस्थामा नेपाल राष्ट्र बैंकको शेयर धितोकर्जामा ४÷१२ करोडको सीमा नै पहिलो कारण हो । राष्ट्र बैंकले शेयर बजारप्रति ल्याउने नीति ल्याउने बित्तिकै बजार घटिहाल्छ । राष्ट्र बैंकले के भन्ने गरेको छ भने हामी तपाईहरुको नियामक होइन भन्ने तर नीति भने शेयर बजार घटाउने ल्याउँछ ।’

त्यस्तै,अध्यक्ष पोखरेलले शेयर लगानीकर्ता नेप्से सकारात्मक दिशामा नगएसम्म सन्तुष्ट हुने अवस्था नभएको बताईन् । उनले शेयर बजार निरन्तर रुपमा गिरावट आउँदासमेत सरकारले बजेटमा उपेक्षा गरेको बताईन् । बजार बढाएर शेयर बजारलाई चलायमान बनाउने बजेट आउने आशा लगानीकर्ताहरुको भए पनि बजेट विगतको कपि मात्रै भएको अध्यक्ष पोखरेलले बताईन्  । सरकारको आगामी आर्थिक वर्षको बजेटमा लगानीकर्ताको मागलाई सम्बोधन गर्न नसकेको बताईन्  ।

उनले भनिन्,‘लगानीकर्ता कतिबेला सन्तुष्ट भएको देखिन्छ भने शेयर बजार सकारात्मक बाटोमा जान्छ । तर, सरकारले ल्याएको बजेट आएको भोलीपल्ट नै बजार भारी अंकले घट्यो । अहिले बजार निरन्तर रुपमा घटिरहेको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कपि पेष्ट मात्रै हो । यो वर्षको बजेटमा कुनै शेयर लगानीकर्ता लक्षित गरेर ल्याइएन । जहिले पनि अघिल्लो सरकारले ल्याएको बजेट कपि भएर मात्रै आउँछ । बजेटले लगानी कर्ताहरुको मागहरुलाई सम्बोधन गर्न सकेको छैन ।’

अध्यक्ष पोखरेलले विगतमा लामो समयदेखि माथिल्लो नेतृत्व वा नीति बनाउनेहरुले शेयर बजार नबुझ्दा बारम्बार समस्या आउने गरेको बताईन्  । उनले शेयर बजारको विषयमा जानकारी नभइ बिना आधारमा टिकाटिप्पणी गर्नाले समेत बजार प्रभावित हुने गरेको बताईन् । अध्यक्ष पोखरेलले अब शेयर बजारको विषयमा लगानी कर्ताहरुले सडकमा नभई आगामी संघीय निर्वाचनपछि संसदमा नै कुरा उठाउने तयारीमा रहेको दाबी गरिन् । शेयर बजार र अर्थतन्त्र बुझेको मान्छे सांसद हुनु आवश्यक रहेको उनको भनाई छ । अहिलेको सरकार र राजनीतिक दलहरुबाट आशा गर्न सकिने अवस्था आएको दाबी अध्यक्ष पोखरेलको छ ।

उनले भनिन् ,‘ हामीले विगत देखि नै भोग्दै आएको हो । नीति बनाउने नेतृत्वमा बस्नेहरुले हो । उहाँहरुले शेयर बजार र लगानीकर्ताको भावना नबुझ्दा नीतिहरु त्यस्तै बन्ने गरेका छन् । पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरु तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शेयर बजारप्रति नकारात्मक बोल्दा २ सय अंकले बजार घटेको थियो । हामीले अब के बुझेका छौं भने अर्थतन्त्र,शेयर बजार बुझेको व्यक्ति सडकबाट नभएर सदनमा गएर कुरा उठाउने थियो भने बजारको यो अवस्था हुने थिएन । सबै बुझको व्यक्ति सांसद हुनुप¥यो । हामीहरु सांसदमा गएर कुरा उठाउने ठाउँमा गएर बोल्यो भने बजारको अहिलेको जस्तो हालत हुँदैन । अब आउने संघीय सांसदको निर्वाचनमा हामी त्यहाँ पुग्ने हैसियतमा जान्छौं । अहिलेको राजनीतिक नेतृत्वबाट केही आशा छैन । अब सडकमा बसेर दुःख गरेर केही हुन्छ भने लगानी गर्छौं त्यो व्यक्ति सांसदमा पुग्नुपर्छ । नीति बनाउने बन्नुपर्छ ।’

अध्यक्ष पोखरेलले शेयरमा गरेको लगानी अहिले नै ५० प्रतिशतसम्म गुमिसकेको बताईन्  । सरकारले शेयर लगानी कर्ताप्रति कठिन नीति लिँदा शेयर लगानीकर्ता मारमा परेको अध्यक्ष पोखरेले बताईन्  ।

उनले भनिन्,‘ शेयर बजार यस्तै हुने हो भने दुई चारदिन भित्रमा कहीँ कतैबाट सम्बोधन हुँदैन भने लगानीकर्ताहरु घरको न घाटको हुने अवस्था छ । आफूले खाइनखाइ गरेर शेयर बजारमा लगानी गरेका छन् । अहिले त्यसको ५० प्रतिशत पनि बजारमा छैन । नीति बनाउँदा बजार बढ्नेसँगै बनाउने हो । बजार उच्च अंकमा पुगेपछि शेयर बजारप्रति कठोर नीति लिँदा लगानीकर्ता फसेका छन् । त्यसले कसैलाई फाइदा पुगेको छ तर साना लगानीकर्ताको हीतमा हुँदैन । अहिले आफ्नो सम्पत्ति सकिने नदिनको लागि लगानीकर्ताहरु अनसन बस्न थाल्नुभएको छ । शेयर बजारका लगानीकर्ताको लागि कुनै नियमाक निकायहरु रहेनछन् । प्रधानमन्त्री भेट्न २० दिन लाग्छ । अन्य अर्थमन्त्री,गभर्नर भेट्न त्यस्तै छ । शेयर लगानीकर्ताको सम्पत्ति कसरी सुरक्षित हुन्छ भन्ने प्रश्न पहिले हो । अहिले हामीले शेयर धितोमा ४÷१२ करोडको नीति संशोधनको माग राखेका छौं । त्यो संशोधन गर्न बजेट वा मौद्रिक नीति पर्खनुपर्ने हो । बजेट ल्याउन खोजेको छैन जेठ १५ मा नै ल्याउनुपर्छ भन्ने होइन । सरकारले यो नीतिलाई तत्काल खारेज गर्नुप¥यो । बजारलाई लगाम लगाउने कुरा फरक होला तर बजार नै क्र्यास हुने बेलासम्म राज्य मौन बस्छ भने हाम्रो लागि किन चाहियो राज्य ? हाम्रो अभिभावक भनेको सरकार हो । राज्यले हाम्रो कुरा सुन्दैन भने हामी राज्य भनेर किन बस्ने ?'

अध्यक्ष पोखरेलले  अहिले आफ्नो सम्पति सकिन नदिनको लागि केही लगानी कर्ताहरु अनसन बस्न थालेकोसमेत बताईन् । उनले शेयर बजार लगानीकर्ताको लागि कुनै नियामक निकायहरु नभएको जस्तो अवस्था देखिएको बताईन्  । सरकारले शेयर धितो कर्जाको ४÷१२ करोडको नीति संशोधन तत्काल खारेज गर्नुपर्ने उनको भनाई छ । सरकारले बजारलाई लगाम लगाउने कुरा फरक भए पनि  बजार नै क्र्यास हुने बेलासम्म मौन बस्नु राम्रो नभएको उनले बताएकी छिन् ।

अध्यक्ष पोखरेलले लगानीकर्ता संघले उठाएका मागलाई सरकारले तत्काल सम्बोधन गरे मात्रै शेयर बजारले गति लिन सक्ने बताईन् । उनले लगानीकर्ताको माग सम्बोधन नभएसम्म शेयर बजारले गति लिन्छ भन्ने आशा नभएको बताईन्   । अध्यक्ष पोखरेले अब पनि सरकारले शेयर बजारप्रति लाचारिपन देखाएमा लगानीकर्ताले ढुक्क भएर लगानी गर्नसक्ने अवस्था नहुने बताईन् ।

उनले भनिन्,‘अहिले हामीले जुनजुन मुद्दाहरु उठाएका छौं त्यो मुद्दाहरु माग सम्बोधन तत्काल भयो भने शेयर बजारले गति लिन्छ । नभए तत्कालै हामीले आश नगर्दा पनि हुन्छ । सरकारको यस्तो लाचारिपन भयो भने कसरी लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्छौं । अहिले भएका लगानीकर्ता पनि बाहिरिने अवस्था सिर्जना भएको छ । सरकारको नेतृत्व तहमा बसेकाहरुले साच्चै शेयर लगानीकर्ता पीडामा रहेछन् । भनेर आफ्नो कुर्सी जोगाउने भन्दा पनि समस्या सम्बोधन हुन्छ भने आशा गरौं । अहिले बजारलाई क्र्यासकै अवस्थामा पु¥याइएको छ । किनकी प्रधानमन्त्री जस्तो मान्छलाई शेयर बजारको यो अवस्था छ भनेर जानकारी हुँदैन भने हामीले कोसँग आश गर्ने ?।’

हेर्नुस भिडियो : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved