बोर्ड अध्यक्ष हमालले गरे ७ बुँदे प्रतिवद्धता, बुक विल्डिङलाई अन्तर्राष्ट्रिय प्रविधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2022 | 08:59:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डको वार्षिकोत्सवको अवसरमा विभिन्न ७ वटा प्रतिवद्दता जनाएका छन् । उनले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियमन निकायका रूपमा रहेको नेपाल धितोपत्र बोर्डले, आफ्नो स्थापनाकालको २९औं वर्ष पूरा गरी ३० औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा बोर्डलाई आजको यस स्थानमा ल्याउन योगदान गर्ने मन्त्री, सचिव, बोर्डका पूर्व अध्यक्ष तथा सदस्यहरू, वर्तमान बोर्ड सदस्यहरू, कर्मचारी , धितोपत्र बजार तथा व्यवसायी, सूचीकृत कम्पनी, सञ्चारकर्मी, लगानीकर्ता र सम्पूर्ण शुभेच्छकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै ७ बुँदे प्रतिवद्दता जनाएका हुन् ।

यस्ता छन् उनको प्रतिवद्धता : 

१. समग्र धितोपत्र बजारको विकास तथा सन्तुलनका लागि नियामकीय क्षमता क्रमशः जनशक्ति सबलीकरण नियमन क्षमता र सुपरिवेक्षणमा प्रविधिको प्रयोगमा जोड दिने नीति रहेको छ ।

२. लगानीकर्ताहरूको हकहित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुन विपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई तत्कालमा कारबाहीको दायरामा ल्याउनुका साथै बोर्डका कार्यलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाउने र विश्व स्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई Artificial Intelligence मा आधारित RegTech मार्फत चुस्त दुरुस्त बनाई बजारमा हुनसक्ने चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गरिनेछ ।

३. बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको Automated Electronic Auction System तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्र्याइने छ।

४. उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सञ्चालनका लागि अनुमति पत्र प्रदान गर्ने एवं साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईजका लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आबद्ध गरिनेछ ।

५. वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउनुका साथै बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गरिनेछ ।

६. बजार सहभागीहरूलाई व्यावसायिक बनाई स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने र बजार सम्बन्धी जनचेतना अभिवृद्धि सहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्ने नीति लिइनेछ ।

७. समग्रमा बजारको विकास तथा विविधीकरण गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सबलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षण मार्फत स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने कार्य बोर्डको भावी प्राथमिकतामा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved