धितोपत्र बोर्डको १३ योजना: विद्युत प्राधिकरण र केयुकेएलको आईपिओदेखि एआई प्रविधिसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2022 | 10:39:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले वार्षिकोत्सवको अवसर पारेर विभिन्न १३ बुँदे भावी योजना र लक्ष्य अघि सारेको छ। धितोपत्र बजार र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै विश्वसनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिई बोर्डले निम्न बमोजिमको प्राथमिकता तथा लक्ष्य निर्धारण गरेको जनाएको हो ।

बोर्डबाट समग्रमा बजारको विकास तथा विस्तार गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सबलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षण मार्फत स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने बोर्डको भावी प्राथमिकता रहेको बोर्डले जनाएको छ।

यस्ता छन् बोर्डका भावी योजना : 

१. धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरी Iosco को मापदण्ड अनुरूपको बनाउँदै लैजाने।

२. लगानीकताहरूको हकहित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुन विपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरमा ल्याउने।

३. बोर्डबाट सम्पादन गरिने कार्यहरूलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्च स्तरीय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गर्ने ।

४. विश्व स्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई Artificial Intelligence(AI) मा आधारित RegTech मार्फत चुस्त दुरुस्त बनाई बजारमा चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गर्ने।

५. बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेस भएका निवेदनहरूलाई Merit Based File Approval System का आधारमा प्रक्रिया अगाडि बढाउने, ।

६. बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको Automated Electronic Auction System तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्र्याउने ।

७. सार्वजनिक निष्कासनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागू गरी ठूला-ठूला Utility Companies (जस्तै : नेपाल विद्युत प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लि.) र व्यावसायिक रूपमा सफल तथा स्थापित अन्य कम्पनीहरूलाई धितोपत्र बजारमा सूचीकरण गराई सोमा सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार तथा सन्तुलन मिलाउने ।

८. पर्याप्त पूजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको माध्यमबाट पंजी तथा व्यावसायिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमति पत्र प्रदान गरी समुन्नतिको दायरमा बढाउने।

९. साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्म (SMEs Platform) का लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पंजी बजारमा आबद्ध गर्ने।

१०. वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउने

११. बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने

१२. बजार सहभागीहरूको व्यावसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने ।

१३.  प्रदेश स्तरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी जनचेतना अभिवृद्धि सहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्दै जाने।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved