'४/१२ ब्यबस्थाको यथोचित सम्बोधन गरि पुँजीबजारको विकासमा सहजीकरण गर्नु पर्छ': अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2022 | 01:09:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले शेयर धितो कर्जामा लागु गरिएको ४/१२ को मार्जिनको यथोचित सम्बोधन गर्नु पर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै  अर्थमन्त्री जनार्दन शर्माले यस ब्यबस्थाको सम्बोधन गर्नु पर्ने बताएका हुन् 

कार्यक्रममा उनले हाल समस्याको रुपमा देखिएको मौद्रिक नीतिको ब्यबस्थाको यथोचित सम्बोधन गरेर पुँजीबजारको विकासको सहजीकरण गर्नु पर्ने बताएका हुन् । उनले नियामक निकायहरुबीच उचित समन्वयको खाचो रहेकोले राष्ट्र बैंक, बीमा समिति, धितोपत्र  बोर्ड लगायतका नियमनकारी संस्थाहरुलाई अन्तरसम्बन्ध कायम गर्न समन्वयात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले धितोपत्र  बोर्ड स्वायत्त निकाय नै भएको र अर्थ मन्त्रालयले बोर्ड लगायतका सबै नियामक निकायबाट जवाफदेहीता सहितको स्वायत्तता खोजेको उनले बताए । 

उनले बजारमा पनि र बोर्डमा पनि अन्तराष्ट्रिय स्तरको उचित प्रविधिको खाँचो रहेको बताएका छन् । उनले पुँजीबजारमा स्वचालित कारोबार हुनु पर्ने र उक्त कारोबार प्रणाली सहज रुपमा कारोबार गर्न सकिने खालको  र विश्वसनीय हुनु पर्न  बताएका छन् । 

उनले बजारको सुधारको कहाँ के गर्नु पर्छ, अर्थ मन्त्रालयले सहजीकरण गरिदिने प्रतिवद्दता जनाएका छन् । उनले बजारमा नयाँ लगानीका औचार र उपकरण ल्याउन समेत आग्रह गरेक  छन् । 

उनले बजारको आफ्नै क्यारेक्टर रहेको र घट्ने बढ्ने क्रम स्वभाविक भएकोले सचते हुन जजरुरी रहेको बताए । लगानीकर्तामा ग्यान र चेतनाको कमी भएकोले पनि समस्या देखिएकोले साक्षरता समबन्धमा काम गर्न उनले आग्रह गरेका छन्  ।

उनले बजार सुधारको लागि प्रयास हरु भईरहेको र प्रयासहरुको परिणाम देखिन थालेको समेत बताए ।उनले अहिलेको नयाँ नेतृत्वले बजारको विकास र सुधारको लागि काम गरिरहेको र अर्थ मन्त्रालयले त्यसमा सहजीकरण गरिरहेको बताए ।

उनले पुँजीबजारको समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको पनि जानकारी दिए  । आज बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, र अर्थमन्त्रालयका सचिवहरुबीच छलफल गरेर पुँजीबजारको समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको जानकारी मन्त्री शर्माले दिएका हुन्। उक्त समितिले दिएको सुझावको आधारमा पुँजीबजारको विकासको लागि गर्नु पर्ने सुधारको कामहरु गरिने मन्त्री शर्माले बताए 

उनले समितिले दिएको सुझावको आधारमा बजारको सुधारको लागि कसले के गर्ने भन्ने स्पष्ट पारिने बताएका छन् । समितिमा को को छन् भन्नेबारे उनले खुलाएनन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved