नेपाल फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2022 | 09:12:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाइनान्स लिमिटेड Nepal Finance  ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज जेठ २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ६ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ ।

कम्पनीले  कम्पनीले १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशन गरेको हो। कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४ सय २८ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ दशमलव २७५० कित्ता हकप्रद निष्काशन गरेको हो ।  शेयर निष्काशनको लागि प्रभु  क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले  हकप्रद निष्काशनको लागि बैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बैशाख १९ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन्  । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत चैत्र ८ मा हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved