धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा बढुवाको लागि २ जनाको नाम सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2022 | 10:07:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितिपत्र बोर्डको कार्यकारी निर्देशकको पदमा बढुवाको लागि २ जनाको नाम सिफारिस भएको छ । नेपाल धितोपत्र बोर्डको पदपूर्ति समितिको आज जेठ २६ गते बसेको बैठकले कार्य सम्पादन मुल्यांकनको आधारमा डा. नवराज अधिकारी र विनयदेव आचार्यलाई कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) पदमा बढुवाको लागि सिफारिस गरेको हो ।

अब उनीहरुमाथि दाबी विरोधको लागि ३५ दिनको समय रहेको छ । सो अवधिमा मुद्दा मामिला वा दाबी विरोध नपरे उनीहरु स्वत कार्यकारी निर्देशक पदमा बढुवा हुने छन् । हाल बोर्डका कार्यकारी निर्देशक रहेका निरज गिरीले यहि जेठ ३१ गते अनिवार्य अवकाश पाउदै छन् । 

हाल धितोपत्र बोर्डमा ८९ जनाको दरबन्दी रहने छ । पछिल्लो समय अर्थ मन्त्रालयले १ जना कार्यकारी निर्देशक, २ जना उप कार्यकारी निर्देशक, ५ जना निर्देशिक र बाँकि ८ जना सहायक तहका कर्मचारीको दरबन्दी थप गरेको थियो ।

बोर्डमा कार्यकारी निर्देशक विभागीय प्रमुखको रुपमा रहने गरेका छन् ।  त्यस्तै उप कार्यकारी निर्देशकहरु महाशाखा प्रमुखको रुपमा हुन्छन्।  हाल कार्यकारी निर्देशकमा ३ जनाको र उपकार्यकारी निर्देशकमा ८ जनाको दरबन्दी छ।  त्यस्तै बोर्डका निर्देशकहरु शाखा प्रमुखको रुपमा  रहने ब्यबस्था छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved