३० महिनापछि आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2022 | 10:25:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्तले शेयर कारोबार आजदेखि सुचारु हुने भएको छ । नेपाल स्टक एक्सच्नेज नेप्सेले आज जेठ २७ गतेदेखि कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले जेठ २४ गते मंगलबार शेयर कारोबार फुकुवा गर्नको अनुमति दिदै पत्र पठाएको थियो।   सो पत्र कम्पनीले नेप्सेमा दर्ता गराएपछि नेप्सेले आज जेठ २७ गतेदेखि कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

 मर्जर भाडिएपछि लामो समयदेखि आँधिखोला लघुवित्तको शेयर कारोबार रोक्का थियो । आँधिखोला लघुवित्त र धौलागिरि लघुवित्तले  २०७६ पौष २ गते मर्जमा जाने सम्झौता गरेका थिए । त्यसयता  कम्पनीको कारोबार रोक्का थियो । बीचमा मर्जर भाडिएपछि कारोबार कहिले सुरु हुने भन्नेमा अन्योल रहेको थियो  ।

 स्याङ्गजाको बयरघारीमा केन्द्रिय कार्यलय रहेको आँधिखोला र बाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरिबीच  मर्जर सम्झौता भएको हो।  मर्जर पश्चात बन्ने लघुवित्तको नाम 'धौलागिरी आधीँखोला लघुवित्त' हुने सहमति थियो। दुवैबीच समान स्वाप अनुपातमा मर्जर हुन लागेको थियो।  तर बीचमा मर्जर भाडिएपछि दुवै कम्पनीले डिमर्जको लागि राष्ट्र बैंकमा अनुरोध गरेकोमा रश्र्ता बैंकले डिमर्जको अनुमति दिएको थियो । तर शेयर कारोबार भने रोक्का नै थियो  ।

अब भने ३० महिनापछि कम्पनीको शेयर कारोबार खुलेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved