नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको शेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2022 | 01:05:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको शेयर सुचिकृत भएको छ । शुक्रबार कम्पनीको १२ लाख १६ हजार ४ सय १८ कित्ता शेयर सुचिकृत भएको हो ।

कम्पनीको शेयर सुचिकृत भएसंगै सोमबारबाट कम्पनीको शेयर कारोबारमा आउने छ । कम्पनीको CYCL सिम्बलबाट कारोबार हुने छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ३४४.३६ रुपैयाँदेखि १०३३.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ। यस रेन्ज बीचको जुनसुकै मूल्यमा रहेर कम्पनीको पहिलो कारोबार हुन सक्ने छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भएर मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । 

कम्पनीले बैशाख २ गतेदेखि बैशाख ६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए। 

आईपिओमा कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । जस मध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएको थियो । योग्य रहेका २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको थियो । 

जस अनुसार गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले शेयर पाएका थिए । ति मध्ये ८ जनाले थप १ कित्ता शेयर पाउँदा लगानीकर्ताले अधिकतम ११ कित्ता शेयर पाएका थिए । आवेदन दिएका मध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदक हात खाली भएका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved