मर्जमा जान सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान, को हो पार्टनर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2022 | 08:47:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार १५ गते बिहान १० बजेको लागि विशेष साधारणसभा  आह्वान गरेको हो।  

विशेष साधारणसभामा एक मात्र प्रस्ताव पेश हुने छ । सभामा 'कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मुल्याउन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी' प्रस्ताव पेश हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

कम्पनीले मर्जर सम्झौतामा हस्ताक्षर गर्ने बाटो खुलाउन नै विशेष साधारणसभा आह्वान गरेको हो ।  बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि झन्डै डेढ दर्जन कम्पनीहरु मर्जर तथा प्राप्तिमा जाने सम्भावना बढेको छ। तोकिएको पूंजी पुर्याउनलाई हकप्रदलाई अन्तिम विकल्पको रुपमा अगाडी सारीएपछि धेरै कम्पनीहरुले मर्जरको बाटो रोज्न बाध्य भएका हुन्।

सानिमा जनरल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जर सम्झौता हुन सक्ने बजार चर्चा छ ।

सरकारी र बिदेशी स्वामित्वका बाहेकका बीमा कम्पनीले बीमा समितिमा पूंजी वृद्धि योजना पेश गरिसकेका छन्। जसमा अधिकांश कम्पनीहरुले तोकिएको चुक्तापुंजी पुर्याउनका लागि बोनस, हकप्रद र मर्जर तथा प्राप्तिको विकल्प अगाडी सारेका छन्।

बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्तापुंजी पुर्याउनु पर्ने ब्यबस्था गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved