सिद्धार्थ बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्न पायो अनुमति, ब्याज कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2022 | 09:20:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले जेठ २७ गते कम्पनीलाई ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो । 

यस संगै अब बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । जस मध्ये १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई निष्काशन हुनेछ भने २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड बराबरको ऋणपत्र 'प्राइभेट प्लेसमेन्ट' अर्थात् व्यक्तिगत तवरमा बिक्रि हुने छ ।

१० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.७५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।  ऋणपत्र निष्काशनको लागि बैंकले कुमारी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved