लगानीकर्ताका १० वटा संगठनको संयुक्त बक्तब्य: अन्दोलनबाट ठोस उपलब्धि नभएसम्म मैदान छाड्दैनौ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2022 | 10:44:45 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ताहरुका विभिन्न १० वटा संघ संगठनले संयुक्त बक्तब्य जारी गर्दै  सेयर धितो कर्जा लिएकाहरुलाई मार्जिन कल गरी बैंक आफैले लगानीकर्ताको सेयर एकतर्फी रुपमा बिक्री गर्ने कार्य रोक्न आग्रह गरेका छन् । उनीहरुले  सम्बन्धित बैंक र ब्रोकरहरुलाई  लगानीकर्ताको शेयर एकतर्फी रुपमा बिक्रि गर्ने कार्य रोक्न आग्रह गरेका हुन् ।

यदि एकतर्फी रुपमा लगानीकर्तालाई क्षति हुने गरी सेयर बिक्री भएमा कानूनी र अन्य उपचारका लागि  लगानीकर्ताका संघसंस्थाहरु एकताबद्ध रुपमा सक्रिय हुने चेतावनी पनि संघहरुले दिएका छन् । सरकारले तत्काल आफ्ना १९ बुँदे माग कार्यान्वयन नगरेमा उत्पन्न हुने परिस्थितिप्रति सरकार नै जिम्मेवार हुने उनीहरुले उल्लेख गरेका छन् । 

नेपालको पूँजी बजार सुधार र विस्तारका लागि सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नगर्दा पूँजी बजारमा गंभीर समस्या उत्पन्न  भई लगानीकर्ताहरुको पलायन तीब्र भएको उनीहरुको भनाई छ । यस अवस्थामा सरकारले गर्छु भनेका कामहरु तत्काल गरी लगानीकर्ताहरुलाई आस्वस्त पार्न माग गर्दै लगानीकर्ताहरुको तर्फबाट तिलक कोइरालाको संयोजकत्वमा गठन भएको पूँजी बजार सुधार संघर्ष समितिले प्रस्तुत गरेको १९ बुँदे माग सबै लगानीकर्ता संघसंस्थाहरुको साझा माग भएको संघहरुले प्रष्ट पारेका छन् ।  ती मागहरु अबिलम्ब पुरा गराउन घोषित संघर्षका कार्यक्रममा सक्रियतापुर्वक सहभागी हुन सम्पूर्ण लगानीकर्ता र पूँजी बजारका सरोकारवालाहरुमा संघहरुले आह्वान समेत गरेका छन् । 

यसै सिलसिलामा संघर्ष समितिले जेठ ३० गते सबै जिल्ला प्रशासन कार्यालयहरुमा प्रदर्शन र माग पत्र पेश गर्ने कार्यक्रममा ब्यापक सहभागिता जनाउन र जेठ ३१ गते काठमाडौमा हुने बिशेष कार्यक्रमलाई प्रभावकारी बनाउन सम्पूर्ण लगानीकर्ताहरुमा अपील गरेको छ । यसपटक स्वतन्त्र पूँजी बजार सुधार संघसग बार्ता हुदा आन्दोलनले ठोस उपलब्धि हाँसिल नगरेसम्म मैदान नछाड्ने प्रतिबद्धता ब्यक्त गर्दै बिगत जस्तै नियमनकारी निकायले अन्दोलनकारि माथी प्रतिशोध साँधेमा त्यसको एकताबद्ध प्रतिबाद गर्ने अठोट संघहरुले व्यक्त गरेका छन्  ।

संयुक्त बक्तब्यमा जारी गर्नेमा नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरममा सभापति अम्बिकाप्रसाद पौडेल, पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला,  नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल,  नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे , नेपाल स्वतन्त्र पूँजी बजार संघका अध्यक्ष रोहन कार्की,   नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल ,  स्वतन्त्र पूँजी बजार सुधार संघका अध्यक्ष सुशील लुनिया  र लगानीकर्ता हित संरक्षण मन्चका अध्यक्ष सुदर्शन पाठक रहेका छन् । 

यो पनि : लगानीकर्ता अनसनको तयारीमा, धितोपत्र बोर्ड अध्यक्ष हमाल अमेरिकामा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved