कुन मूल्यमा भयो सिवाईसी नेपाल लघुवित्तको पहिलो शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2022 | 10:51:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । आजको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो  । 

कम्पनीको पहिलो कारोबार ३८२.२ रुपैयाँमा भएको छ । कम्पनीको CYCL सिम्बलबाट कारोबार सुरु भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ३४४.३६ रुपैयाँदेखि १०३३.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्ज बीचको जुनसुकै मूल्यमा रहेर कम्पनीको पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा ३८२.२ रुपैयाँमा पहिलो कारोबार भएको हो। स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भएर मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । शुक्रबार कम्पनीको १२ लाख १६ हजार ४ सय १८ कित्ता शेयर सुचिकृत भएको थियो  ।


कम्पनीले बैशाख २ गतेदेखि बैशाख ६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए। 

आईपिओमा कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । जस मध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएको थियो । योग्य रहेका २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको थियो । 

जस अनुसार गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले शेयर पाएका थिए । ति मध्ये ८ जनाले थप १ कित्ता शेयर पाउँदा लगानीकर्ताले अधिकतम ११ कित्ता शेयर पाएका थिए । आवेदन दिएका मध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदक हात खाली भएका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved