नेप्सेमा इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2022 | 11:00:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको शेयर कारोबार रोक्का भएको छ । गत शुक्रबार दुवै बैंकले एक आपसमा मर्जमा जाने सम्झौता गरेसंगै नेप्सेमा कारोबार रोक्का भएको हो । 

 सम्झौताअनुसार  मर्ज पछि बन्ने बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक' रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन्  । त्यस्तै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ । 

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ। 

बैंकहरु मर्जमा जाँदा कारोबार रोक्का नहुने ब्यबस्था गर्नु पर्ने माग उठिरहेको बेला समयमा कानुनी निकास नहुँदा यी २ बैंकको कारोबार रोक्का हुन पुगेको हो ।  नेपाल धितोपत्र बोर्डले पनि कम्पनीहरु मर्जमा जाँदा लामो समय कारोबार रोक्का नहुने ब्यबस्था गर्ने प्रतिवद्धता जनाईसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved