दुई हजारको बिन्दुबाट तल झर्यो नेप्से सूचक, आज ३६ अंकको गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 03:09:15 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजार परिसूचक नेप्से दुई हजारको बिन्दुबाट तल झरेको छ । आज मंगलबार सूचक ३६.०७ अंकले घटेर १९९६.२६ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २३२ कम्पनीका ४१ लाख ४७ हजार २ सय ५५ कित्ता शेयर खरिदबिक्रि बाट १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ 

आज शिवम् सिमेन्टको सबैभन्दा धेरै ४ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ भने एनसीसी बैंकको ३ करोड ७९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३५ लाख तथा नबिल बैंकको ३ करोड २० लाख बराबरको कारोबार भएको छ । 

आज आँधिखोला लघुवित्तको शेयर मूल्य सर्वाधिक ८.१८ प्रतिशतले बढेको छ । त्यस्तै आज हिमालयन पावर पार्टनरको शेयर उल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ भने बलेफी हाइड्रोको शेयर मूल्य ८.१५ प्रतिशतले घटेको छ 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । 

यो पनि : पुँजीबजार दुर्घटनामा गयो, असार १ गतेबाट थप डिजास्टर हुन्छ: अम्बिका पौडेल


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved