शेयरबजारमा आज पनि दोहोरो अंकको गिरावट, २ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 03:16:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार पनि शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज  नेप्से सूचक २९.८९ अंकले घटेर १९६६.३७ अंकको बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २२९ कम्पनीका शेयर खरिद बिक्रिबाट १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८ सय १७ रुपैयाँको कारोबार भएको छ । आज  नेपाल टेलिकमको सबैभन्दा धेरै १२ करोड ५७ रुपैयाँको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ५ करोड २८ लाख, बैंक अफ काठमाडौँको ५ करोड १६ लाख तथा एनआईसी एसिया बैंकको ४ करोड ४१ लाख बराबरको कारोबार भएको छ । 

आज सीवाईसी नेपाल लघुवित्त र आंधीखोला लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बलेफी हाइड्रोको शेयर मूल्य सर्वाधिक ८.७६ प्रतिशतले घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्य ८.२६ प्रतिशतले तथा माउन्टेन हैद्रोको शेयर मूल्य ५.८९ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये लगानी समुह सर्बाधिक २.४२ प्रतिशतले तथा हाइड्रो समुह २.३२ प्रतिशतले घटको छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved