नेप्सेमा रिभर फल्स पावरको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 04:30:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिभर फल्स पावरको शेयर सुचिकृत भएको छ। आज कम्पनीको ७० लाख कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै बिहिबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ । बिहिबार स्पेसन प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य भएपछि नियमित सत्रमा कम्पनीको कारोबार गर्न सकिनेछ । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ८७.९८ रुपैयाँदेखि २६३.९४ रुपैयाँसम्मको रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोवार हुन सक्ने ब्यबस्था छ  । कम्पनीको RFPL सिम्बलबाट कारोबार हुने छ ।

कम्पनीले कम्पनीले बैशाख २८ गते देखि जेठ ४ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बांकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । 

 आईपिओमा कुल १८ लाख ५९ हजार २ सय ४२ जना बाट २ करोड १३ लाख ९४ हजार ६ सय ३० कित्ताको आवेदन परेको थियो । जस मध्ये ४९ हजार ९ सय ८३ जनाको आवेदन रद्द भएको थियो । १८ लाख ९ हजार २ सय ५९ जनाको आवेदन सदर भई शेयर पाउनको लागि योग्य भएका थिए । 

आईपिओमा माग भन्दा बढीको परेकोले योग्य रहेका १८ लाख ९ हजार ५९ जना आवेदकलाई समावेश गराएर गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको थियो । यसबाट २ लाख ५३ हजार ८ सय ९० आवेदकले १० कित्ताको दरले शेयर पाएका थिए भने आवेदन दिएका मध्ये १६ लाख ५ हजार ३ सय ५२ जना आवेदक हात खाली भएका थिए।  

रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्त भित्र आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved