रिडी र रैराङ हाइड्रोको मर्जरको लागि ९३ रुपैयाँको स्वाप तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2022 | 08:13:19 AM मा प्रकाशित

laxmi  sunrise bank

रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएका छन् । दुवै कम्पनीले असार १७ गते शुक्रबार विशेष साधारणसभा आह्वान गरेका हुन् ।

दुवै कम्पनीले आफ्नो कर्पोरेट कार्यालय थापाथलीमा सभा आह्वान गरेका हुन् । रैराङको सभा ११ बजे डाकिएको छ भने रिडीको १:३० मा डाकिएको छ । 

दुवै कम्पनीको विशेष साधारणसभामा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पेश हुने छ । रिडी हाइड्रोले  रैराङ हाइड्रोलाई गाभ्न लागेको हो । १००: ९३ को स्वापमा मर्जर हुन लागेको हो । अर्थात् हाल १०० कित्ता शेयर हुने रैराङ हाइड्रोका लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीको९३ कित्ता शेयर पाउने छन् ।

बिद्युत नियमन आयोगको बैशाख १९ गतेको बैठकले दुवै हाइड्रोपावर कम्पनीलाई एक आपसमा गाभिनलाई अनुमति दिएको थियो। दुवै कम्पनीले गत कात्तिक १७, २०७८ मा एक आपसमा गाभ्ने गाभिनेबारे सहमति गरेका थिए।

मर्जरमा जाने निर्णयका कारण दुवै हाइड्रोको सेयर कारोबार दोस्रो बजारमा रोकिएको छ। अन्तिम कारोबार मितिमा रैरांगको सेयर प्रति कित्ता ५६३ रुपैयाँ १० पैसामा कारोबार भएको थियो भने रिडीको ८३८ रुपैयाँमा कारोबार भएको थियो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved