सानिमा बैंकले असार १० देखि ५ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याज कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2022 | 08:31:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले असार १० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले  १,००० अंकित दरको ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जस मध्ये ३० लाख कित्ता अर्थात् ३ अर्ब बराबरको ऋणपत्र निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र बाँकि २० लाख कित्ता अर्थात् २ अर्ब बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । यस ऋणपत्रमा सामुहिक लगानी कोषले आवेदन दिएका छैनन्  । ऋणपत्र निष्काशनको लागि आरविवी मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । 

यस ऋणपत्रमा छिटोमा असार १४ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम २० लाखकित्तासम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved