ब्रोकरले आफ्नै टिएमएस चलाउने बाटो खुल्यो, लगानीकर्ताबाट शुल्क पनि लिन पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2022 | 05:56:47 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर कम्पनीहरुले अब आफ्नै कारोबार ब्यबस्थापन प्रणाली टिएमएस संचालन गर्न सक्ने भएका छन् । नेप्सेको संचालक समितिको बैठकले  'धितोपत्र कारोबार सचालन 'तेस्रो संशोधन' नियमावली २०७९' स्वीकृत गर्दै असार ५ गते देखि लागु हुने निर्णय गरेसंगै ब्रोकर कम्पनीहरुले अब आफ्नै कारोबार ब्यबस्थापन प्रणाली टिएमएस संचालन गर्न सक्ने भएका हुन् ।

हाल ब्रोकरहरुले नेप्से कै भेन्डर कम्पनी वाईकोले तयार पारेको टिएमएस चलाउदै आएका छन् । अब भने ब्रोकरहरुले नेप्सेसँग अनुमति लिएर नेप्सेले तोकेको स्पेसीफिकेसन अनुरुपको टिएमएस संचालन गर्न सक्ने छन् । नेप्सेले ब्रोकरहरुले १ दिनमा कम्तिमा ५ लाख वटा कारोबार ब्यबस्थापन गर्न सक्ने टिएमएस निर्माण गर्नु पर्ने उल्लेख गरेको छ । 

ब्रोकरहरुले आफ्नै टिएमएस संचालनको लागि कानुनी ब्यबस्थाको माग गर्दै आएका थिए ।  'धितोपत्र कारोबार सचालन 'तेस्रो संशोधन' नियमावली २०७९' स्वीकृत भएसंगै अब ब्रोकरले आफ्नै टिएमएस संचालन गर्न सक्ने छन् । 

ब्रोकरहरुले गत वर्ष नै आफ्नै टिएमएस चलाउन सकिने भन्दै कानुनको लागि ताकेता गरिरहेका थिए । ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसियनले ब्रोकरहरुको संयुक्त पहलमा १० भन्दा बढी देशमा प्रयोग भईरहेको टिएमएस ल्याउन लागेको हो । संघका अनुसार चुस्त दुरुस्त सेवा प्रवाह गर्न, कारोबारमा निहित जोखिम ब्यबस्थापन गर्न , लगानीकर्ताले बेहोरिरहेका समस्या अन्त्य गर्न, १० भन्दा बढी राष्ट्रमा प्रयोग भईरहेको टिएमएस ल्याउन खोजिएको हो । 

संघका अनुसार उक्त प्रणालीमा multi assest, multi exchange trading paltform रहेकोले शेयर, डिबेन्चर, बोन्ड, डेरीभेटिभ, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एकभन्दा बढी स्टक एक्सचेन्जमा वा डेरीभेटिभ एक्सचेन्जमा एक साथ गर्न सकिने  छ । यसको मोबाइल एप पनि रहेकोले लगानीकर्तालाई थप सहज हुने संघले उल्लेख गरेको छ । संघका अनुसार प्रणालीमा stop loss, take profit, after market order, algorithmic वा high frequency trafing जस्ता आदेश ब्यबस्थापन विशेषता छन् । अर्थतन्त्र, बजार तथा सुचिकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरि यस प्रणालीमा तथ्यांकहरु राखिने र लगानीकर्ताले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने ब्यबस्था रहेको संघले जनाएको छ ।  

ब्रोकरले आफ्नै टिएमएस ल्याएमा उनीहरुले  टिएमएस चलाए वापत लगानीकर्तासँग पैसा लिन सक्ने छन् । संशोधित विनियमावलीमा टिएमएस सेवा दिए वापत ब्रोकरले लगानीकर्तासँग वार्षिक अधिकतम १०० रुपैयाँ सेवा शुल्क लिन सक्ने ब्यबस्था गरिएको छ 

संशोधित विनियमावलीमा भनिएको छ 'कारोबार सदस्यले कारोबार व्यवस्थापन प्रणाली मार्फत ग्राहकलाई अनलाइन सेवा प्रदान गरे बापत प्रत्येक ग्राहकबाट वार्षिक बढीमा एक सय रुपैयाँको दरले सेवा शुल्क लिन सक्नेछ ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved