नेपाल बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2022 | 06:38:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्टलाई बिक्रि प्रबन्धक चयन गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन हुने ।  बैंकले १,००० अंकित दरको २५ लाख कित्ताले हुन आउने  २ अर्ब पचास करोड रकम बराबरको “१०.५०% नेपाल बैंक ऋणपत्र २०८४” जारी गर्न लागेको हो । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको र ब्याजदर १०.५०%  प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved