आज शुक्रबार पनि घट्यो नेप्से सूचक, ७३ करोड ६२ लाखको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2022 | 01:40:41 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ७.५७ अंकले घटेर १९७१.३६ को बिन्दुमा  पुगेको छ । 

आज कारोबारमा आएका २२० कम्पनीका २३ लाख ५४ हजर ९ सय ११ कित्ता शेयर खरिद बिक्रिबाट ७३ करोड ६२ लाख ३५ हजार २ सय ९८ रुपैयाँको कारोबार भएको छ । जस मध्ये सबैभन्दा धेरै नेपाल टेलिकमको १० करोड १४ लाख बराबरको कारोबार भएको छ । त्यस्तै सेन्चुरी कमर्शियल बैंकको ६ करोड ४७ लाख, एनसीसी बैंकको ४ करोड ९ लाख, कुमारी बैंकको २ करोड ८६ लाख, तथा लक्ष्मी बैंकको २ करोड  २६ लाखको कारोबार भएको छ 

आज आधिखोला लघुवित्तको शेयर मूल्यमा  सकारात्मक सर्किट लागेको छ भने सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य ४.०२ प्रतिशतले बढेको छ । आज रिभर फल्स पावरका लगानीकर्ताले सर्बाधिक ५.९३ प्रतिशत गुमाएका छन् भने बुद्धभुमि हाइड्रोका लगानीकर्ताले ४.६४ प्रतिशत गुमाएका छन् । आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

आज शुक्रबार २ घण्टा शेयर कारोबार भएको हो ।  नेप्से सञ्चालक समितिको जेठ ३० गते गतेको बैठकले सार्वजनिक विदाका दिन बाहेक अन्य दिनमा आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार खुला गर्ने निर्णय गरेको थियो ।

जस अनुसार असारदेखि आइतबार देखि बिहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म शेयर कारोबार गर्ने र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शेयर कारोबार हुने निर्णय नेप्सेले गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved