अपि पावरले लिलाममा नपरेको शेयरको पैसा असार ८ गतेदेखि फिर्ता गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2022 | 08:08:11 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावरले लिलाममा नपरेको शेयरको पैसा असार ८ गतेदेखि फिर्ता गर्ने भएको छ । कम्पनीले असार ८ देखि आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको खातामा आईपीएस मार्फत रकम पठाउने भएको हो ।

पैसा जम्मा नभएमा बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलमा सम्पर्क गर्न पनि कम्पनीले आग्रह गरेको छ । कम्पनीले जेठ १८ गतेदेखि जेठ २६ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाम गरेको थियो । कम्पनीले हकप्रदमा अवितरित सर्बसाधारण समुहको ४ लाख ४९ हजार ३ सय २८ कित्ता शेयर लिलाम गरेको हो ।

लिलामीको शेयर असार ५ गते बाँडफाँड गरिएको र कटअफ मूल्य प्रति कित्ता २४० रुपैयाँ कायम भएको छ । शेयर बाँडफाँडको विवरणमुक्तिनाथ क्यापिटलको वेबसाइटमा राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले चैत्र २५ गतेदेखि बैशाख १५ गतेसम्म  ३९.३६ प्रतिशत अर्थात् १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले  १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। हकप्रदमा रितपुर्वक आवेदन दिने १ लाख १३ हजर १ सय ५३ जना आवेदकलाई १ करोड ४ लाख ७ हजार ८ सय १५ कित्ता शेयर बाँडफाँड गरिएको थियो ।  हकप्रदमा बिक्रि नभएको शेयर लिलाममा आएको हो ।  कम्पनीले अपर चमेलिया आयोजनाको लागि रकम जुटाउन हकप्रद सेयर निष्काशन गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved