पैसा र पहुँचको आधारमा ब्रोकर लाईसेन्स वितरण गर्दै अर्थमन्त्री शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 02:28:41 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यक्तिगत स्वार्थको लागि सिमित व्यक्ति र ब्यापारिक समुह अनुकुल नीति बनाउने आरोप लागेका अर्थ मन्त्री जनार्दन शर्माले आफु निकटकालाई शेयर ब्रोकर लाईसेन्स दिने भएका छन् । मन्त्री शर्माले नेपाल स्टक एक्सचेन्जलाई दबाब दिएर आफु निकट व्यक्तिलाई शेयर ब्रोकरको लाईसेन्स दिलाउने तयारी गरेका हुन् ।

त्यसो त उनले नेप्सेको सीइओमा कृष्णबहादुर कार्कीलाई नियुक्ति दिलाएका थिए । जो कुनै समय मन्त्री शर्मा कै सहयोगीको रुपमा थिए । अहिले उनै कार्की मार्फत मन्त्री शर्माले आफु अनुकुलका समुहलाई ब्रोकर लाईसेन्स वितरण गर्ने तयारी गरेको देखिन्छ । 

शेयर ब्रोकरको लाईसेन्स लिन परिक्षा दिनु पर्ने ब्यबस्था भएपनि अर्थमन्त्री शर्माले बिना परिक्षा नै ब्रोकर लाईसेन्स दिने ब्यबस्था गर्न निर्देशन दिइसकेका छन्। सोहि अनुसार नेप्सेले  ‘धितोपत्र व्यवसायी (दलाल) छनोटका लागि सिफारिस छनोट विधि ०७९’ तयार पारेको छ। 

उक्त प्रस्तावित विधिको दफा १० मा ब्रोकर छनौटको लागि मापदण्ड तोकिएको छ । जसमा न्यूनतम योग्यताका कागजातहरु पेस गरेको निवेदकलाई छनौटका लागि प्रतिस्पर्धात्मक योग्यताबापत थप अंक दिइनेछ र यसरी अंक दिंदा ५० अङ्कलाई पूर्णांक मानी  न्यूनतम योग्यताभन्दा माथिको शैक्षिक योग्यता भए, पब्लिक कम्पनी भए, २० करोड भन्दा बढीको चुक्ता तथा स्थिर पूँजी भए र मामिला सम्बन्धमा तयार गरेको प्रतिवेदनको आधारमा थप अंक दिईने उल्लेख छ ।

 स्रोतका अनुसार कार्यविधिले परिक्षा दिनु पर्ने उल्लेख गरेको तर अर्थमन्त्रीले परिक्षा बिना लाईसेन्स दिन दबाब दिएकोले त्यसको लागि कानुनी ब्यबस्था कसरी गर्ने भन्नेबारे छलफल भईरहेको छ। सो को लागि कार्यविधि संशोधन गर्ने वा अहिलेको कार्यविधि नै खारेज गरेर नयाँ बनाउने गरि २ विकल्पमा छलफल भईरहेको छ ।

अर्थमन्त्रीले परिक्षा नदिने ब्यबस्था गर्न भनेपछि अब पैसावालले नै लाईसेन्स पाउने देखिन्छ। अर्थ मन्त्रालयका एक अधिकारीले परिक्षा नलिने भनेपछि अब पैसा र पहुँच कै आधारमा ब्रोकर लाईसेन्स पाइने उल्लेख गरे।

अर्थमन्त्रीले यस पटकप्रादेशिक र राष्ट्रिय स्तरको लागि ब्रोकर लाईसेन्स बितरण गर्ने तयारी गरेका छन् । राष्ट्रिय स्तरको ब्रोकरको लागि ७ करोड चुक्ता पुँजी र प्रादेशिक ब्रोकरको लागि ३ करोड चुक्ता पुँजी हुनु पर्ने उल्लेख छ । 

नेप्सेले गराएको एक अध्ययनले करिब १७८ वटा धितोपत्र दलाल व्यवसायीहरु आवश्यक हुन सक्ने निष्कर्ष निकालेको छ ।  जसमा अहिले ५० वटा सञ्चालनमा रहेको आधारमा थप १२८ वटा जति धितोपत्र दलाल तथा डिलरको आवश्यकता रहेको उल्लेख छ । यसरी हेर्दा प्रत्येक प्रदेशमा न्यूनतम १० देखि अधिकतम ४५ वटा धितोपत्र दलाल व्यवसायीहरुको आवश्यकता रहने निष्कर्ष उक्त प्रतिवेदनको छ। सोहि हिसाबमा  थप ब्रोकरको लागि लाइसेन्स दिने तयारीमा अर्थमन्त्री छन्।


यो पनि : अर्थमन्त्रीको धम्की, ‘जेठ १४ गते रातीको सीसी टिभी फुटेज हेर्न दिन्न’

अर्थमन्त्रीको निर्णयले संकटमा २२ स्टिल उद्योग, जोखिममा अरबौंको लगानी

बजेटमा बिष्णु न्यौपानेको ‘सेटिङ’: मन्त्रीबाट हटेपनि जनार्दनलाई महिनैपिच्छे कमिशन !

दोस्रो बजेटमा पनि कर छुटको नाममा अर्थमन्त्रीको ब्रह्मलुट: दुई व्यापारीलाई २ अर्ब छुट

अर्थमन्त्री शर्माले बजेटमार्फत साहिल अग्रवालको समूहलाई दिए गजबको उपहार

अर्थमन्त्री शर्माले स्वास्थ्य र सुरक्षाको लागि घातक प्रविधि छोड्न मानेनन्, कसको छ स्वार्थ ?

अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

जनार्दनको प्रतिस्थापन बजेटको प्रतिफलः फलामे डण्डीको भाउमा ‘रेकर्ड ब्रेक’

साहिल अग्रवालको समूहलाई पोस्न अर्थमन्त्रीले कर्मचारी र उद्योगीलाई यसरी ढाँटे

अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved