लगानीकर्ताको सबै माग पुरा गर्न सम्भव छैन : बोर्ड अध्यक्ष हमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 05:54:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताको सबै मागहरु पुरा गर्न सम्भव नभएको बताएका छन् । आज बोर्डमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले लगानीकर्ताले उठाएका कतिपय माग बोर्डको अधिकार क्षेत्र बाहिरको रहेकोले ति पुरा नहुने भएकोले त्यसमा समय खर्च नगर्ने बताएका हुन् ।

उनले 'बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने । ' विषय बोर्डको अधिकार क्षेत्र भन्दा बाहिरको रहेको बताए। उनले कर्मचारी संचय कोषको पैसा के गर्न भन्ने विषय कर्मचारी कै अधिकार भएको बताए  ।

त्यस्तै उनले 'बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । ' माग पनि पुरा हुन असम्भव रहेको बताए । त्यस्तै उनले '६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ' माग पनि बोर्डको अधिकार क्षेत्र बाहिरको रहेको बताए । 

अधिकार क्षेत्र बाहिरको कामको लागि वार्ता समिति गठन गरेर समय खेर नफाल्ने उनले बताए ।  उनले बोर्डले ३ महिनादेखि नै अघि सारेका काम हरु कतिपय यहि असारमा र साउनसम्ममा कार्यन्वयनमा आउने चरणमा रहेको बताए ।  उनले बोर्डले अघि सारेका कार्यक्रम र लगानीकर्ताले राखेका मागहरु साझा भएको बताए ।  ७० प्रतिशत कामहरु कार्यन्वयनको चरणमा गईसकेकोले उनले अनसनको क्रयक्रम रोक्न आग्रह गरेका छन् ।  यदि तोकिएको समयमा बोर्डले गर्छु भनेका काम नभएमा बल्ल बोर्डमाथि प्रश्न उठाउन सकिने उनले बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved