बोर्डको प्रेस मिट लगत्तै लगानीकर्ता थप आन्दोलित, आज बोर्डको गेट खोल्न नदिने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 06:23:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको पत्रकार सम्मेलन सकिए लगत्तै लगानीकर्ताले आन्दोलन थप चर्को बनाएका छन् । पत्रकार सम्मेलन मार्फत आफ्नो माग पुरा हुने आशामा रहेका लगानीकर्तामा थिए ।

तर बोर्डले ठोस कार्ययोजना पनि नल्याएको र साउनसम्मको समय मागेपछि लगानीकर्ता रुष्ट बनेका छन् । लगानीकर्ताले आज आफ्नो माग पुरा नभएसम्म बोर्डका कसैलाई पनि घर जान नदिने चेतावनी दिएका छन् । आज बोर्डको गेट खोल्न नदिने चेतावनी उनीहरुको छ । 

पत्रकार सम्मेलनमा भित्र छिर्न नदिएकोमा पनि लगानीकर्ता रुष्ट छन् । बोर्डले पत्रकारहरुलाई मात्र परिचयपत्र देखाएर बोर्डको कार्यालय भित्र प्रवेश गराएको थियो ।

प्रेस मिटमा बोर्ड अध्यक्ष हमालले लगानीकर्ताका सबै माग पुरा गर्न नसकिने र जायज माहहरु साउनसम्म पुरा भईसक्ने बताएका थिए ।त्यस्तै उनले वार्ताको नाममा समय खेर नफाल्ने र सिधै कार्यन्वयनमा जाने बताएका थिए । बोर्डका अध्यक्ष रमेश कुमार हमालले नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जामा ४-१२ करोडको सिमा लगाएकाले सेयर बजार निरन्तर घटेको आरोप लगाएका थिए। 

आफुले सरोकारवाला तथा सेयरसँग सम्बन्धित विज्ञहरुसँग छलफल गर्दा सबैले राष्ट्र बैंकको ४-१२ करोडको नीतिले नै बजार घटेको बताएको उनले पत्रकार सम्मेलनमा बताए।

"राष्ट्र बैंक, बीमा समिति हामी जस्ता नियामक निकायहरु बीच नीति बनाउदा एक अर्कामा समन्वय हुनुपर्ने हो, समन्वय पनि राष्ट्र बैंक मार्फत हुनुपर्छ"  बोर्ड अध्यक्ष हमालले भने, "बजार घट्नुमा राष्ट्र बैंक जिम्मेवार, ४-१२ नीतिले बजार घटायो। "

यत्रिमात्र नभई बोर्ड अध्यक्ष हमालले राष्ट्र बैंकले पछिल्लो पटक ल्याएको जोखिम भार सम्बन्धि नीतिका कारण पनि सेयर बजार घटेको आरोप लगाए। बजार घटेको बिषयलाई लिएर आफुले अर्थमन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकसँग यस बिषयमा कुराकानी गरेको उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved