धितोपत्र बोर्ड अगाडी झडप: प्रहरीले लगानीकर्तामाथि बल प्रयोग गरेर बोर्ड कर्मचारीलाई घर पठायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 07:10:24 PM मा प्रकाशित

ntc

नेपाल धितोपत्र बोर्ड अगाडी आन्दोलनरत झडप भएको छ । आन्दोलनरत लगानीकर्ता र प्रहरीबीच झडप भएको हो  । 

लगानीकर्ताले बोर्डको मूल गेट अगाडी नै त्रिपाल ओछ्याएर बसेपछि बोर्डका कर्मचारी घर जान पाएका थिएनन्  । प्रहरीले उनीहरुलाई हट्नको लागि आग्रह गरेपनि लगानीकर्ता नहटेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई गेटबाट हटाएको हो।  उनीहरुलाई हटाएर प्रहरीले स्कर्टिङ गरेर बोर्डका कर्मचारीलाई घर पठाएको छ। 

नेपाल धितोपत्र बोर्डको पत्रकार सम्मेलन सकिए लगत्तै लगानीकर्ताले आन्दोलन थप चर्को बनाएका थिए । पत्रकार सम्मेलन मार्फत आफ्नो माग पुरा हुने आशामा रहेका लगानीकर्तामा थिए । तर बोर्डले ठोस कार्ययोजना पनि नल्याएको र साउनसम्मको समय मागेपछि लगानीकर्ता रुष्ट बनेका थिए । लगानीकर्ताले आज आफ्नो माग पुरा नभएसम्म बोर्डका कसैलाई पनि घर जान नदिने चेतावनी दिएका थिए। आज बोर्डको गेट खोल्न नदिने चेतावनी उनीहरुले दिएका थिए । तर बोर्डले बल प्रयोग गरेर कर्मचारीलाई घर पठाएको छ । 

प्रेस मिटमा बोर्ड अध्यक्ष हमालले लगानीकर्ताका सबै माग पुरा गर्न नसकिने र जायज माहहरु साउनसम्म पुरा भईसक्ने बताएका थिए ।त्यस्तै उनले वार्ताको नाममा समय खेर नफाल्ने र सिधै कार्यन्वयनमा जाने बताएका थिए । बोर्डका अध्यक्ष रमेश कुमार हमालले नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जामा ४-१२ करोडको सिमा लगाएकाले सेयर बजार निरन्तर घटेको आरोप लगाएका थिए। 

आफुले सरोकारवाला तथा सेयरसँग सम्बन्धित विज्ञहरुसँग छलफल गर्दा सबैले राष्ट्र बैंकको ४-१२ करोडको नीतिले नै बजार घटेको बताएको उनले पत्रकार सम्मेलनमा बताए।

"राष्ट्र बैंक, बीमा समिति हामी जस्ता नियामक निकायहरु बीच नीति बनाउदा एक अर्कामा समन्वय हुनुपर्ने हो, समन्वय पनि राष्ट्र बैंक मार्फत हुनुपर्छ"  बोर्ड अध्यक्ष हमालले भने, "बजार घट्नुमा राष्ट्र बैंक जिम्मेवार, ४-१२ नीतिले बजार घटायो। "

यत्रिमात्र नभई बोर्ड अध्यक्ष हमालले राष्ट्र बैंकले पछिल्लो पटक ल्याएको जोखिम भार सम्बन्धि नीतिका कारण पनि सेयर बजार घटेको आरोप लगाए। बजार घटेको बिषयलाई लिएर आफुले अर्थमन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकसँग यस बिषयमा कुराकानी गरेको उनले बताए । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved