नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2022 | 08:31:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधरणसभा प्रयोजनको लागि आज असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कम्पनीको मूल्य समायोजन भएको हो ।

कम्पनीको ४.२ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो। समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३५२ रुपैयाँ २१ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६७ रुपैयाँ थियो । कम्पनीले साधरणसभा प्रयोजनको लागि आज असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

कम्पनीले असार  २० गते साधरणसभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले   आ.व. २०७६/०७७ को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण योग्य लाभांश बापत चुक्ता पूँजीको चार दशमलव दुई प्रतिशत (४.२%) बोनस शेयर तथा कर प्रयोजनको लागि शुन्य दशमलव बाइस प्रतिशत (०.२२%) गरी जम्मा चार दशमलव बयालिस प्रतिशत (४.४२%) लाभाशं बितरण गर्ने प्रस्ताव गरेको छ  । कम्पनीको साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।  

 यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

क. सामान्य प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व. २०७६/०७७ वार्षिक प्रतिवेदन सम्बन्धमा ।

२. आ.व. २०७६/०७७ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचि तथा NFRS प्रणाली लागू गरि तयार गरिएको वित्तिय विवरण माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. आ व. ०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४. सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूह (ख) बाट प्रतिनिधित्व गर्ने एक (१) जना सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा।


ख. विशेष प्रस्तावहरु :

१. कम्पनीको अधिकृत तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा ।

२. लाभांश बापत हाल कायम रहेको चुक्ता पूँजीको ४४२ प्रतिशत लाभांश (कर सहित) जम्मा रु.८८,४२१,०५३।- बापत बोनस शेयर (४२ प्रतिशत बापत रु.८४,०००,०००।- र उक्त बोनस शेयरमा लाग्ने ०.२२ प्रतिशत कर बापत रु ४,४२१,०५३।-) वितरण गर्ने सम्बन्धमा।

३. कम्पनीको प्रबन्धपत्रमा पूँजी वृद्धि एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा।

४. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै फेरवदल वा संशोधन गर्न निर्देशन दिएमा सो फेरबदल वा संशोधन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।

५. यस कम्पनीले पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभिने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा एक-आपसमा गाभिने सँग सम्बन्धित प्रचलित नियम कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुले निर्देशन गरे बमोजिम विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धमा । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved