२ लाख १ हजार ९ सय ८६ जनाले पाए दोर्दीखोलाको आईपिओ, यसरी हेर्नुस् नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2022 | 09:24:03 AM मा प्रकाशित

laxmi  sunrise bank

दोर्दीखोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार बिहान क्यापिटल कै कार्यलयमा शेयर बाँडफाँड गरेको हो 

आईपिओको नतिजा :

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । आईपिओ प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।  जस अनुसार बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/,   सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र दोर्दीखोला जलविद्युत कम्पनीको वेबसाइट https://dordikhola.com.np/ बाट हेर्न सकिने छ ।


मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  


कम्पनीले  जेठ २६ गतेदेखि  जेठ ३१ गते गतेसम्म सर्बसाधारणलाई २१ लाख ९५ हजार ५ सय ९ कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याईएको थियो भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो ।  बाँकि रहेको २० लाख १९ हजार ८ सय ६९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । 

क्यापिटलका अनुसार आईपिओमा १४ लाख ७१ हजार ६ सय ६५ जनाबाट १ करोड ६३ लाख ९७ हजार १ सय १० कित्ताको लागि आवेदन परेकोमा ८ सय ८२ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ७० हजार ७ सय ८३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथाबाट २ लाख १ हजार ९ सय ८६ जनाले मात्र शेयर पाएका छन्। २ लाख १ हजार ९ सय ८६ जना मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । 

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved