प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2022 | 10:26:33 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २३ गते आम्रपाली ब्यान्क्वेटमा सभा आह्वान गरेको हो ।

सभामा  बीमा समितिले तोके बमोजिमको चुक्ता पुँजी बृद्धी गर्ने तथा मर्जरको लागि अख्तियारी दिने सम्बन्धि प्रस्ताव पेश हुने छन् । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब तोकेको छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असर १५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।

यस्ता छन् सभामा पेश हुने प्रस्ताव: 

१. नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा ।

२.कम्पनीको पुँजी वृद्धि एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न तत् तत् व्यवस्थामा संशोधन गर्ने सम्बन्धमा ।

३. संस्थापक समुहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुका नियुक्ती अनुमोदन गर्ने सम्बन्धमा।

४. नियामकीय निर्देशन तथा समयानुकुल पुँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा सँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मुल्यांकन गर्न परामर्शदता, मुल्यांकनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा कम्पनी एक आपसमा गाभ्ने/गाभिने सँग सम्बन्धित प्रचलित नियम, कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनुपर्ने तथा गर्न पर्ने सम्पुर्ण आवश्यक कार्य एवं प्रकृयाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियामक निकायहरुले निर्देशन गरे बमोजिम विवरण उपलब्ध गराउने लगायतका कम्पनी गाभ्ने गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धमा ।

५. प्रबन्ध पत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट हेरफेर संशोधन परिमार्जन गरेमा सोही अनुसार गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved