सेयर बजारलाई थप गिजोल्दै अर्थमन्त्री जनार्दन शर्मा, ब्रोकरहरु पनि भित्रभित्रै आन्दोलित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2022 | 11:17:19 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले थला परेको सेयरबजार थप गिजोलिने गरि ब्रोकर लाइसेन्सको काम अगाडी बढाएको पाइएको छ। बिगतमा नेपालको इतिहासमै कडा परिक्षा लिएर ब्रोकर लाइसेन्स वितरण गरिएकोमा अहिले पैसा र पहुँच हुनेले मात्र पाउनेगरी अर्थमन्त्री शर्माले ब्रोकर लाइसेन्स बाड्न लागेको तथ्य फेला परेको हो।

अर्थमन्त्री शर्माले पैसा र पहुँच हुनेले मात्र पाउनेगरी ब्रोकर लाइसेन्स पाउनेगरि कार्यविधि नै संसोधन गर्नलाई दिएको निर्देशनअनुसार नेपाल स्टक एक्सचेन्जले तयार गरेको नयाँ कार्यविधिको ड्राफ्ट बिजपाटीलाई प्राप्त भएको छ। 

बिगतमा परिक्षामा पास हुनेले मात्र ब्रोकर लाइसेन्स पाउने अवस्था रहेकोमा अहिले अर्थमन्त्री शर्माले उक्त व्यवस्थालाई नै कार्यविधिबाट हटाएका छन्। अहिले प्रकृयाका लागि अरु बिभिन्न मापदण्ड राखीएपनि मुलत: प्रस्तुतिका आधारमा दिईने व्यवस्था गरिएको छ। 

शेयर ब्रोकरको लाईसेन्स लिन परिक्षा दिनु पर्ने ब्यबस्था भएपनि अर्थमन्त्री शर्माले बिना परिक्षा नै ब्रोकर लाईसेन्स दिने ब्यबस्था गर्न निर्देशन दिइसकेका छन्। सोहि अनुसार नेप्सेले  ‘धितोपत्र व्यवसायी (दलाल) छनोटका लागि सिफारिस छनोट विधि ०७९’ तयार पारेको छ। उक्त प्रस्तावित विधिको दफा १० मा ब्रोकर छनौटको लागि मापदण्ड तोकिएको छ । 

अर्थमन्त्रीले यस पटक प्रादेशिक र राष्ट्रिय स्तरको लागि ब्रोकर लाईसेन्स बितरण गर्ने तयारी गरेका छन् । राष्ट्रिय स्तरको ब्रोकरको लागि ७ करोड चुक्ता पुँजी र प्रादेशिक ब्रोकरको लागि ३ करोड चुक्ता पुँजी हुनु पर्ने उल्लेख छ।

ब्रोकरबाटै बिरोध हुनेभएपछि सेयर बजार थप गिजोलिने निश्चित 

२०५० सालमा परिक्षा लिएर २७ जनालाई ब्रोकर लाइसेन्स दिईएको थियो। उक्त लाइसेन्स व्यक्तिगत भएकाले मृत्यु तथा अन्य कारणले उक्त लाइसेन्स लिनेको संख्या २३ मा झरेको थियो। 

पछि ब्रोकर लाइसेन्स थप हुनुपर्ने माग उठेपछि २०६५ सालमा २७ वटा थप लाइसेन्स खुला गरिएको थियो तर विविध कारणले २०६८ मा मात्रै ब्रोकर लाइसेन्स वितरण गरिएको थियो। 

त्यो बेला ३३६ जनाले आबेदन दिएका थिए भने २०० जना परिक्षामा सामेल भएका थिए। उक्त परिक्षा सम्भवत: नेपालकै इतिहासमा सबै भन्दा बढी पारदर्शी र कडा गरिएको थियो। भारतबाट ल्याइएका व्यक्तिहरुले प्रश्न बनाएर परिक्षामा २०० जनालाई सामेल गराएर उनीहरुलाई परिक्षाहलबाट बाहिरिन नदिईकन एक घण्टामै परीक्षाको नतिजा सार्वजनिक गरिएको थियो। 

त्यो बेला चार्टड एकाउन्टेन्ट लगायत पढेलेखेका व्यक्तिहरुबीच एक आपसमा पर्तिस्पर्धा गराएर प्रतिस्पर्धी मध्येका २७ जनालाई लाइसेन्स वितरण गरिएको थियो। 

तर अहिले पैसा र पहुँचको आधारमा मात्रै ब्रोकर लाइसेन्स वितरण गर्न थालिएपछि ब्रोकरहरु पनि आन्तरिक रुपमा आन्दोलित भएका छन्। नेप्सेले औपचारिक रुपमा यस सम्बन्धमा आफ्नो कुरा बाहिर ल्याएपछि मात्रै आफुहरु आन्दोलनमा उत्रने एक ब्रोकरले जनाएका छन्। 

त्यो बेला ब्रोकरको आन्दोलनले अहिले आन्दोलनरत सेयर लगानीकर्ता तथा घट्दो ट्रेन्डले थलिएको सेयर बजार थप गिजोलिने ब्रोकरहरुको दाबी छ।   बिभिन्न १९ बूंदे माग राखेर आन्दोलन गरिरहेका  लगानीकर्ताको आन्दोलनलाई व्यवस्थापन गर्नुको साट्टो सेयर बजार थप गिजोलिने गरि अर्थमन्त्री शर्मा ब्रोकर लाइसेन्सको ब्यापारमा लाग्नु दुखद भएको बताउदै ति ब्रोकरले यस्तो भएमा नतिजा राम्रो नहुने चेतावनी समेत दिए ।     

यस अघि: 

- पैसा र पहुँचको आधारमा ब्रोकर लाईसेन्स वितरण गर्दै अर्थमन्त्री शर्मा

र थप यो पनि:

बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरु पढ्नुहोस्ः

साहिल समूह पोस्न देउवा सरकारले गर्यो डण्डीको गुणस्तरमा सम्झौता

-अर्थमन्त्री शर्माले बजेटमार्फत साहिल अग्रवालको समूहलाई दिए गजबको उपहार 

-अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

-दोस्रो बजेटमा पनि कर छुटको नाममा अर्थमन्त्रीको ब्रह्मलुटस् दुई व्यापारीलाई २ अर्ब छुट

-अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

जनार्दनको प्रतिस्थापन बजेटको प्रतिफलः फलामे डण्डीको भाउमा ‘रेकर्ड ब्रेक’

साहिल अग्रवालको समूहलाई पोस्न अर्थमन्त्रीले कर्मचारी र उद्योगीलाई यसरी ढाँटे

अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले स्वास्थ्य र सुरक्षाको लागि घातक प्रविधि छोड्न मानेनन्, कसको छ स्वार्थ ? 

-  जगदम्बाको गुणस्तरहीन डण्डी फिर्ता, बनिसकेका घरको जिम्मा कसले लिने ?

गुणस्तरहीन डण्डी उत्पादन गरेको विशाल ग्रुप स्पष्टिकरण बुझाएर पन्छिँदै 

-  जगदम्बाका ३ सय टन डण्डी गुणस्तरहीन, उत्पादन इजाजत रद्द


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved