तिलक कोइरालाले आज ८ औ दिनमा अनसन तोड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2022 | 04:48:41 PM मा प्रकाशित

laxmi bank ntc

पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले आज अनसन तोड्ने भएका छन् । धितोपत्र बोर्डसँग माग सम्बोधनको लागि कार्यन्वयन समिति गठन गरेर अगाडी बढ्ने सहमति भएसंगै उनले आज ८ औ दिनमा अनसन तोड्न लागेका हुन् । 

धितोपत्र बोर्डबाट पत्र आएपछि आज उनले अनसन तोड्ने छन् ।  

बोर्ड अध्यक्ष रमेश हमालले लगानीकर्ताका मागहरुमा आफु गम्भीर रहेकोले त्यसको कार्यन्वयनको लागि आफुले बोर्डको सिनियर कर्मचारी राख्ने बताएका छन् । उनले बोर्डका तर्फबाट कार्यन्वयन समितिमा कायम मुकायम कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र विनयदेव आचार्य रहने बताएका छन् । त्यस्तै समितिमा लगानीकर्ताका तर्फबाट प्रतिनिधि जाने छन् । कोइरालाका अनुसार लगानीकर्ताको तर्फबाट आज नै नाम पठाएर समितिको बैठक आज नै बसेर मागहरु कार्यन्वयनमा जाने छ ।

माग पुरा नभई अनसन तोडिन लागेको भन्दै केहि लगानीकर्ताले भने अशतुष्टि जनाउदै अनसन स्थल मै नाराबाजी गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved