अपर सोलु हाइड्रोले असार २० देखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 08:04:18 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले असार २० गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये ३९ हजार १ सय ५० कित्ता शेयर कम्पनीको कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको १८ लाख २० हजार ४ सय ७५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा नुनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले असार २३ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले बैशाख २२ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित स्थानीयवासी अन्तर्गत  सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुंग, गोराखानी,  टाप्टिंग र तिङ्गला गाविसका सम्पूर्ण वडाको लागि शेयर निष्काशन गरेको थियो । उक्त शेयर बाँडफाँड भईसकेको छ।

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved