लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 08:22:43 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २९ गतेको लागि साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक  वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५  प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

सामान्य प्रस्ताव 

क) सञ्चालक समितिको १७औं बार्षिक प्रतिवेदन २०७७/०७८ पारित गर्ने ।

ख) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल आषाढ मसान्तको वासलात, आ.ब. २०७७/०७८ व तथा नगद प्रवाह विवरण र अनुचिहरु पारित गर्ने।

ग) बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूंजीको ०.५% ले हुन आउने रु. ५९,९४,४५०/ नगद लाभांश स्वीकृत गर्ने ।

घ) लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.ब. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने (हालको लेखापरीक्षक श्री एस.ए.आर. एसोसिएट्सले पुनः लेखापरीक्षण गर्न सक्नुहुनेछ) ।

ङ) स्वतन्त्र सञ्चालकमा सुश्री निर्मला देवी मानन्धरलाई गरिएको नियुक्ति अनुमोदन गर्ने,

 बिशेष प्रस्तावः

१) कम्पनीको अधिकृत पूंजी हाल रु. १ अर्ब २५ करोडबाट बृद्धि गरी रु. ३ अर्ब पुयाउने ।

२) कम्पनीको हालको जारी तथा चुक्ता पूँजी रु. १,१९,८८,९०,०००/- बाट वृद्धि गरी रु. १,३१,२७,८४,५५०/- पऱ्याउने र सो प्रयोजनको लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.ब. २०७७/०७८ सम्मको मुनाफा मध्येबाट चुक्ता पूँजीको ९.५% ले हुन आउने रु. ११,३८,९४,५५०/- बराबर बोनस शेयर वितरण गर्ने । बोनस शेयर वितरण गर्दा फ्रयाक्सनमा आउने शेयरलाई पछि समायोजन गर्ने गरी यथावत् राख्ने ।

३) नं. (१) र (२) को व्यबस्था अनुसार प्रबन्धपत्रको दफा ५(क), ५(ख) र ५(ग) संशोधन गर्ने ।

४) प्रबन्धपत्रको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

५) यस कम्पनीले अन्य कुनै कम्पनीलाई प्राप्ती गर्ने वा एक-आपसमा गाभ्ने/गाभिने प्रयोजनको लागि उपयुक्त कम्पनीको पहिचान र छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकतानुसार सम्पत्ती र दायित्वको मूल्याड्ढन गर्न मूल्याड्ढनकर्ता नियुक्ति तथा प्राप्ती गर्न वा एकापसमा गाभ्ने गाभिनेसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु बमोजिम गर्नुपर्ने सम्पूर्ण आवश्यक प्रकृयाहरु पूरा गरी अख्तियारप्राप्त निकायहरुबाट अन्तीम स्वीकति लिने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एवं समितिले यस सम्बन्धमा सुरु गरेको प्रारम्भिक कामहरुको अनुमोदन गर्ने ।

छ) संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

ज) विविध ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved